Posts

Showing posts from July, 2024

वाइ सर्भिस र वाइज युथ क्लबको सम्युक्त पदास्थापना सम्पन्न

Image
  पोखरा । अन्तराष्ट्रिय स्तरको सामाजिक संस्था वाइ सर्भिस क्लब अफ पोखरा र वाइज युथ क्लब अफ पोखराको सम्युक्त पदास्थापना कार्यक्रम सम्पन्न भयो ।वाइ सर्भिस क्लब अफ पोखराको तेश्रो र वाइज युथ क्लब अफ पोखराको दोश्रो पदास्थापन कार्यक्रमको उद्घाटन वाइएमआई नेपाल डिस्ट्रिक गर्भनर अरुण रानाभाटले गरेका थिए । सो अवसरमा वाइज वर्ष २०२४/२०२५ का लागि निर्वाचित वाइ सर्भिस क्लबका अध्यक्ष प्रेम सुवेदी र वाइज युथ क्लब अध्यक्ष दिव्या उपाध्यायलाई प्रमुख अतिथि अरुण रानाभाटले सपथ गराएका थिए । क्लबका सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न संघसंस्था व्यक्तिहरु मध्ये व्यवसायी राजेन्द्र प्रसाद गुप्ता, खोज मिडियाका गणेश बज्र लामा, पब्लिक स्पिकर ट्रेनर सागर कार्की, सन् २०२३/२०२४ को वर्ष उत्कृष्ठ सदस्य सम्मानबाट रिजनल सर्भिस डाइरेक्टर कृष्ण रानाभाटलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा एरिया प्रेसिडेन्ट जोन वोङ तथा साउथइष्ट एशिया रिजनल डाइरेक्टर हेलेनले भर्चुवल शुभकामना सन्ेदश दिएका थिए । वाई सर्भिस क्लब अध्यक्ष पुनम गुरुङ र वाइज युथ क्लब अध्यक्ष असिम घिमिरेको सम्यु्क्त अध्यक्षतामा भएको कार्यक्रम विशाल वराल र सरु ...

लुम्बिनीमा मन्त्रिपरिषद् गठन, सबै मन्त्री विना विभागीय

Image
 लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायणा अाचार्यले एमालेका र कांग्रेसका चार/चार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने स्रोतले बतायो । नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् । यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।