वाइ सर्भिस र वाइज युथ क्लबको सम्युक्त पदास्थापना सम्पन्न
सो अवसरमा वाइज वर्ष २०२४/२०२५ का लागि निर्वाचित वाइ सर्भिस क्लबका अध्यक्ष प्रेम सुवेदी र वाइज युथ क्लब अध्यक्ष दिव्या उपाध्यायलाई प्रमुख अतिथि अरुण रानाभाटले सपथ गराएका थिए । क्लबका सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न संघसंस्था व्यक्तिहरु मध्ये व्यवसायी राजेन्द्र प्रसाद गुप्ता, खोज मिडियाका गणेश बज्र लामा, पब्लिक स्पिकर ट्रेनर सागर कार्की, सन् २०२३/२०२४ को वर्ष उत्कृष्ठ सदस्य सम्मानबाट रिजनल सर्भिस डाइरेक्टर कृष्ण रानाभाटलाई सम्मान गरिएको थियो ।
साथै कार्यक्रममा एरिया प्रेसिडेन्ट जोन वोङ तथा साउथइष्ट एशिया रिजनल डाइरेक्टर हेलेनले भर्चुवल शुभकामना सन्ेदश दिएका थिए । वाई सर्भिस क्लब अध्यक्ष पुनम गुरुङ र वाइज युथ क्लब अध्यक्ष असिम घिमिरेको सम्यु्क्त अध्यक्षतामा भएको कार्यक्रम विशाल वराल र सरु क्षेत्रीले संचालन गरेका थिए भने अरुण रानाभाट, प्रेम सुवेदी, दिब्या उपाध्याय, राजेन्द्र प्रसाद गुप्ता, कृष्ण रानाभाटले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



Comments
Post a Comment