Popular posts from this blog
कर्मचारीहरूमाथि बैंकहरुबाट हुने अन्यायमा राष्ट्र बैकको बेवास्ता
वाणिज्य बैङ्कहरूमा कार्यरत कर्मचारीहरूको स्थानान्तरण व्यवस्थापन एउटा संवेदनशील र निर्णायक पक्ष हो । विशेष गरी महिला कर्मचारीहरूका लागि कार्यस्थल नजिकको सहजता, पारिवारिक उत्तरदायित्व र सुरक्षाको पक्ष अत्यन्त महत्त्वपूर्ण रहन्छ । यस्ता संवेदनशील पक्षलाई ध्यान दिँदै नेपाल राष्ट्र बैङ्क (NRB) र नेपाल बैंकर्स एसोसिएसन (NBA) अन्तर्गत बैङ्कहरूले (LOCAL AREA) वा स्थानीय कार्यक्षेत्रको अवधारणा प्रयोग गर्दै आएका छन् । तर यसको स्पष्ट मापदण्ड भने अझै प्रस्ट छैन स्थानान्तरण नीति (TRANSFER POLICY)मा “स्थानीय कार्यक्षेत्र" LOCAL AREA अवधारणा नेपाल राष्ट्र बैङ्कको यूनिफाइड डाडर्रेक्टिभ्समा बैङ्कहरूले स्थानान्तरण गर्दा कर्मचारीको व्यक्तिगत अवस्था, परिवार, स्वास्थ्य, र आवास व्यवस्थालाई ध्यान दिनुपर्ने उल्लेख छ । यद्यपि लोकल एरिया भन्ने अवधारणा कुन दूरीभित्र पर्छ भन्ने कुरा प्रस्ट छैन । नेपाल बैंकर्स एसोसिएसन अन्तर्गत बैङ्कहरूमा व्यवहारिक रूपमा १५–२५ किलोमिटर भित्रको शाखा वा कार्यालयलाई “स्थानीय कार्यक्षेत्र“ मान्ने प्रचलन छ । नेपालका बैङ्कको सन्दर्भ कतिपय बैङ्कले आफ्नो वे...
Comments
Post a Comment