Posts

https://www.youtube.com/watch?v=nVHML2Zwpt8

कर्मचारीहरूमाथि बैंकहरुबाट हुने अन्यायमा राष्ट्र बैकको बेवास्ता

Image
वाणिज्य बैङ्कहरूमा कार्यरत कर्मचारीहरूको स्थानान्तरण  व्यवस्थापन एउटा संवेदनशील र निर्णायक पक्ष हो । विशेष गरी महिला कर्मचारीहरूका लागि कार्यस्थल नजिकको सहजता, पारिवारिक उत्तरदायित्व र सुरक्षाको पक्ष अत्यन्त महत्त्वपूर्ण रहन्छ ।  यस्ता संवेदनशील पक्षलाई ध्यान दिँदै नेपाल राष्ट्र बैङ्क (NRB) र नेपाल बैंकर्स एसोसिएसन (NBA) अन्तर्गत बैङ्कहरूले (LOCAL AREA) वा स्थानीय कार्यक्षेत्रको अवधारणा प्रयोग गर्दै आएका छन् । तर यसको स्पष्ट मापदण्ड भने अझै प्रस्ट छैन स्थानान्तरण नीति (TRANSFER POLICY)मा “स्थानीय कार्यक्षेत्र" LOCAL AREA अवधारणा नेपाल राष्ट्र बैङ्कको यूनिफाइड डाडर्रेक्टिभ्समा बैङ्कहरूले स्थानान्तरण गर्दा कर्मचारीको व्यक्तिगत अवस्था, परिवार, स्वास्थ्य, र आवास व्यवस्थालाई ध्यान दिनुपर्ने उल्लेख छ । यद्यपि लोकल एरिया भन्ने अवधारणा कुन दूरीभित्र पर्छ भन्ने कुरा प्रस्ट छैन ।  नेपाल बैंकर्स एसोसिएसन अन्तर्गत बैङ्कहरूमा व्यवहारिक रूपमा १५–२५ किलोमिटर भित्रको शाखा वा कार्यालयलाई “स्थानीय कार्यक्षेत्र“ मान्ने प्रचलन छ । नेपालका बैङ्कको सन्दर्भ कतिपय बैङ्कले आफ्नो वे...

आधुनिक जीवनशैली, जिम हाउसहरूको बढ्दो लोकप्रियता

Image
नेपाली समाजमा जिम हाउसहरूको बढ्दो लोकप्रियता आधुनिक जीवनशैलीको महत्त्वपूर्ण प्रतीक बनेको छ । यसले शारीरिक स्वास्थ्यप्रति बढ्दो जागरूकता, अन्तर्राष्ट्रिय प्रभाव, र आर्थिक परिवर्तनहरूको सङ्केत दिन्छ । हामी जिम संस्कृतिका सकारात्मक पक्षहरू (स्वास्थ्य सुधार, अनुशासन, आर्थिक अवसर) र नकारात्मक पक्षहरू (सामाजिक असमानता, शरीरको नकारात्मक छवि, सांस्कृतिक विखण्डन, शारीरिक व्यायामको नाममा अन्य क्रियाकलाप) का सम्बन्धमा गहन रूपमा विश्लेषण गर्नेछौँ । यस परिवर्तनलाई ऐतिहासिक सन्दर्भमा राख्न मद्दत गर्दछ । यसले हामीलाई आधुनिकताको चुनौती र अवसरहरूबिच सन्तुलन कायम गर्न आह्वान गर्दछ ।  स्वास्थ्य जागरूकता र रोग निवारण:   जिमहरूले मधुमेह, मुटु रोग, र मोटोपन जस्ता आधुनिक रोगहरूको रोकथाममा ठुलो भूमिका खेलिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको अनुसार साप्ताहिक १५० मिनेट मध्यम शारीरिक गतिविधि मानिसहरूमा अकाल मृत्यु दर ३०% सम्म घटाउन सक्दछ । नेपालमा सहरी क्षेत्रहरूमा बढ्दो गतिहीन जीवनशैलीलाई जिमहरूले सकारात्मक चुनौती प्रदान गरिरहेका छन् । मानसिक स्वास्थ्यको संवर्द्धन:   नियमित व्यायामले तनाव, चिन्ता...

ग्राफिक डिजाइनको ३० दिने कम्प्यूटर तालिम सम्पन्न

Image
  बुटवल, २६ बैशाख । मुद्रण उद्योग संघ, रुपन्देहीको आयोजनामा सञ्चालित ३० दिने ग्राफिक डिजाइन कम्प्यूटर तालिमको एक कार्यक्रमका बीच शुक्रबार बुटवलमा समापन गरिएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सावित्रादेवी अर्यालले प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुअ अतिथि अर्यालले प्रविधिको विकाससंगै आएको परिर्वतन र त्यसले देखाएको बाटोमा हिड्नका लागि प्रविधिको राम्रो ज्ञान जरुरी भएको बताउनु भयो । उहाँले लेटरप्रेस र हस्तलिखित डिजाइनलाई कम्प्यूटरले विस्थापित गरेको स्मरण गर्दै नगरलाई प्रविधियुक्त बनाउन सबै क्षेत्रमा प्रविधिको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नगरको विकास भौतिक र वत्तिको झिलिमिलीले मात्र पुरा हुँदैन भन्ने कुरामा आफुहरु प्रष्ट भएको हुँदा  व्यक्तिको क्षमता विकासमा जोड दिएको धारणा राख्नु भयो । कार्यक्रममा नेपाल मुद्रण संघका केन्द्रीय सल्लाहाकार तथा जिल्लाका संस्थापक अध्यक्ष खेम लुइटेलले प्रेस तथा प्रिंटिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव खट्कीरहेको अवस्थामा यस प्रकारका तालिमले सहयोग प्रदा...

प्रादेशिक अस्पताललाई स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेट

  लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको बजेटको ५० प्रतिशत रकम बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले आफ्नो मन्त्रालयको बजेटको ५० प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालले पाएसँगै यसलाई प्रदेश सरकारले कति महत्वपूर्ण मानेको रहेछ भनेर बुझ्नुपर्ने बताएका छन् । नयाँ सरकारको स्वास्थ्यमन्त्री खेमबहादुर सारुसँगै मंगलबार बुटवलमा आएका सचिव उपाध्यायले अस्पताललाई विशेष योजनाका साथ अघि सारिएकाले यहाँ रहेका सबै कर्मचारीले त्यही योजनाअनुसार काम गर्नुपर्ने बताए । उपाध्यायले लुम्बिनी प्रदेशको कुल बजेटको १५ प्रतिशत स्वास्थ्य मन्त्रालयका लागि र मन्त्रालयको कुल बजेटको ५० प्रतिशत रकम लुम्बिनी प्रादेशिक अस्पतालका लागि छुट्याइएको जानकारी दिए । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशको समग्र स्वास्थ्य क्षेत्र सुधार्न प्रादेशिक अस्पताल यो प्रदेशकै लाइफलाइन भएको बताए । ‘म मन्त्री रहेसम्म स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्नेछु, यदि राम्रो गर्न सकिनँ भने नराम्रो मबाट कुनै हालतमा हुने छैन’, उनले भने, ‘स...

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी

Image
  लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । २०८१ साउन १८ गते मन्त्रीहरूकाे जिम्मेबारी बाडेका छन जस अन्तरगत आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । त्यस्तै  उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेलाई जिम्मेवारी दिइएको छ । यसै गरी एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएका छन् ।  कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।मुख्यमन्त्री आचार्यले सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा ...