ग्राफिक डिजाइनको ३० दिने कम्प्यूटर तालिम सम्पन्न
बुटवल, २६ बैशाख । मुद्रण उद्योग संघ, रुपन्देहीको आयोजनामा सञ्चालित ३० दिने ग्राफिक डिजाइन कम्प्यूटर तालिमको एक कार्यक्रमका बीच शुक्रबार बुटवलमा समापन गरिएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सावित्रादेवी अर्यालले प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रमुअ अतिथि अर्यालले प्रविधिको विकाससंगै आएको परिर्वतन र त्यसले देखाएको बाटोमा हिड्नका लागि प्रविधिको राम्रो ज्ञान जरुरी भएको बताउनु भयो । उहाँले लेटरप्रेस र हस्तलिखित डिजाइनलाई कम्प्यूटरले विस्थापित गरेको स्मरण गर्दै नगरलाई प्रविधियुक्त बनाउन सबै क्षेत्रमा प्रविधिको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नगरको विकास भौतिक र वत्तिको झिलिमिलीले मात्र पुरा हुँदैन भन्ने कुरामा आफुहरु प्रष्ट भएको हुँदा व्यक्तिको क्षमता विकासमा जोड दिएको धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाल मुद्रण संघका केन्द्रीय सल्लाहाकार तथा जिल्लाका संस्थापक अध्यक्ष खेम लुइटेलले प्रेस तथा प्रिंटिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव खट्कीरहेको अवस्थामा यस प्रकारका तालिमले सहयोग प्रदान गरेको बताउँदै हातमा सीप भएपछि स्वरोजगार बन्न सकिने धारणा राख्नुभयो । कार्यत्रलममा संघका जिल्ला अध्यक्ष पशुपति पौडेलले मुद्रण क्षेत्रलाई सरकारी पक्षले हेयको दृष्टिले हेरेको गुनासो गर्दै स्थानिय सरकारबाट प्राप्त सहयोगलाई परिणाममुखी बनाउनु प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रम संघका अध्यक्ष पशुपति पौडेललेको अध्यक्षता, सचिव राजु घिमिरेको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट रमा सुवेदीले अनुभव राखेकी थिइन । आइटी हब, मिलनचोकमा भएको तालिममा रुपन्देही जिल्लामा सञ्चालनमा रहेका प्रिटिङ प्रेसमा कार्यरत ३३ जना डिजाइनरहरुको सहभागीता रहेको थियो ।
Comments
Post a Comment