सुरक्षा भत्ताकाे लागी राष्ट्रिय परिचयपत्र अनिर्वाय गर्ने सहि सुचनाकाे अभावमा जेष्ठ नागरीक तथा एकल महलिा अपाङ्गलाइ पाल्पामा सास्ती
जेष्ठ नागरीक तथा एकल महलिा अपाङ्ग लगायतले राज्य बाट समासजिक सुरक्षा भत्ता वितरण हुदै आएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभागले विगत ४ वर्षदेखि ७३ वटा जिल्लाका स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गर्दै आएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत राष्ट्रिय परिचयत्रको विवरण संकलन गरिरहेको छ ।
विभागले एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको हो ।
तर यो नियम पहिलो चरणमा भने २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । भनी अन्य जिल्लामा क्रमस लागु र्गदै जाने भनिएको भएता पनि पाल्पा २८ जिल्लामा पर्दैन । यसको बारेमा जिल्लाका स्थानिय निकाय तथा सम्बन्धि कार्यलयहरुको सहि सुचना जनताहरुको माझमा नपुराएको र सुचनाको अभावका कारण बृद्ध अपाङ्ग बिरामाहरु नसकी नसकी यो चर्को घाममा गाउँ दुरदारज बाट सदरमुकाम धाउन बाध्य भएका छन ।
विभागबाट ती २८ जिल्लाहरूमा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरी स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका÷वडास्तरमा अभियान सञ्चालन गरेर विवरण दर्ता गर्ने कार्य समेत भइरहेको विभागले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
‘सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकोले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्नुहुन अनुरोध छ,’ विभागले सूचनामा भनेको छ ।
वालवालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले जनाएको छ ।
Comments
Post a Comment