तीन दिनमा तीन भारतीय नागरिकको तिनाउ खोलामा डुबेर मृत्यु

पाल्पा तिनाउ खोलामा तीन दिनमा तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालकसहित तीनै जना पुरुष रहेका छन् ।

Uploading: 489344 of 489344 bytes uploaded.

शनिबार आइतबार र सोमबार गरी तीन दिनमा दैनिक एक जनाको दरले गर्मी छल्न आएका तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार तिनाउ गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको अचानक पानीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उनीसंगै आएका अन्य तीन जना साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेकोमा डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको थियो ।

यस्तै आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।

गर्मी छल्न आएका नागरिकको दैनिक रुपमा मृत्यु हुँदा पनि कुनै सर्तकता अपनाइएको छैन। यो वर्ष लागेपछि मात्रै सो क्षेत्रमा डुबेर ६ जनाले ज्यान गुमाएका छन् ।

बढ्दो गर्मीले पहाडको शितलता खान आएका पर्यटकको दैनिक रुपमा ज्यान जाँदा पनि रोकथामको पहलतर्फ भने कसैले ध्यान दिन सकेका छैनन् ।

Comments

Popular posts from this blog

ग्राफिक डिजाइनको ३० दिने कम्प्यूटर तालिम सम्पन्न

प्रादेशिक अस्पताललाई स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेट

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी