बुटवल श्रवणपथको औषधी तथा सर्जिकलकाे थोक पसलमा आगलागी

 बुटवलको श्रवणपथ स्थित अाैषाधी सर्जिकलथोक पसलमा आगलागी भएको छ । मध्य चोकबजारमा रहेको आदर्श डिस्ट्रीब्यूटर्समा आगलागी भएको हो । 

बन्द भएको पसल भित्रबाट आगोको ज्वाला निस्किरहेको पसलका छिमेकीले देखेपछी वडा कार्यालय पहरी हरी नगरपालिकाकाे दमकललाइ छिमेकले खबर तत्कालै गरेकाका कारण मानवीय र अन्यक्षत्रकाे ठुलाे क्षतिबाट जाेगाउन सफल भएकाे बताएका छन् । 

बुटवलको सेन्टर श्रवणपथ स्थित औषधी तथा सर्कोजिकथोक पसलमा भएको आगलागी नियन्त्रणमा लिनका लागी  घटनास्थलमा दमकल पुग्न समय लगाएकाे कारणले पसलकाे क्षती ठुलाे भएकाे हाे तर पनी अन्य क्षतीबाट बचाउन भनी नगरकाे अग्नि नियन्त्रण टाेली स्थानीय प्रहरी सबै सहयाेगमा भएकाे छ । साढे ८ बजे लागेको आगो झण्डै २ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो ।

स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका जवानहरुले बुटवल उपमहानगरपालिकाको दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका हुन । औषधीको थोक कारोबार गर्ने आदर्श डिस्ट्रीब्यूटर्समा बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पसलका संचालक सम्पर्कमा नआएका कारण सटर फोडेर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी विजयराज पण्डीतले बताए । सर्जिकल र केमिकलको थोक बिक्रेता रहेको पसलका अधिकांस सामान जलेर नष्ट भएको उनले बताए ।पसलको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । पसल संचालक बुटवल देखि बाहिर रहेको बुझिएको र उनी आएपछि बिल बिजकका आधारमा क्षतिको विवरण संकलन गरिने डीएसपी पण्डीतले बताए ।

Comments

Popular posts from this blog

ग्राफिक डिजाइनको ३० दिने कम्प्यूटर तालिम सम्पन्न

प्रादेशिक अस्पताललाई स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेट

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी